सिडनी—आगामी कार्यकाल (२०२५–२७) का लागि हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको निर्वाचनमा ‘Team Ekata NSW: For Change’ ले उम्मेदवारी घोषणा गरेको छ।
परिवर्तनको एजेन्डा र समुदायमैत्री नेतृत्वको संकल्पसहित अगाडि बढेको यस समूहको नेतृत्वमा सामाजिक क्षेत्रमा सक्रिय उषा किरण बारिया पोखरेलले राज्य संयोजक पदमा उम्मेदवारी दिएकी छन्।

विद्यालय जीवनदेखि नै नेतृत्व क्षमताको अभ्यास गर्दै आएकी पोखरेल नेपाली समुदायमा निडर, कर्मठ र स्पष्टबक्ता समाजसेवीको रूपमा चिनिन्छिन्। विशेषतः महिला, युवा र परिवारसँग प्रत्यक्ष सरोकार राख्दै आएकी उनी प्रवासी नेपाली समाजभित्र विशिष्ट स्थान बनाउन सफल भएकी छन्।
‘हामी सँगै हिँड्यौं भने मात्रै उठ्न सक्छौं,’ उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले भनिन्, ‘नेतृत्वको मूल आधार सेवा हो, पद होइन।’
टिम एकता एनएसडब्लुमा समावेश उम्मेदवारहरू:

- उषा किरण बारिया पोखरेल – राज्य संयोजक
- चण्डिका ओली ओदारी – उप–संयोजक
- प्रताप पन्थी – सचिव
- बिजय घिमिरे – संयुक्त सचिव
- अनिल त्वनाबासु – कोषाध्यक्ष
- रमेश सिंह – युवा संयोजक
- सनीता लामा – महिला संयोजक
समूहले ‘परिवर्तनका लागि एकता’ भन्ने मूल नारासहित सामाजिक समावेशिता, पारदर्शिता र जवाफदेही संस्थागत संरचना निर्माणमा प्राथमिकता दिने जनाएको छ।





