Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

ओएनयूएफ भिक्टोरिया राज्य समिति गठन

Zenith Migration Education

ओभरसिज नेपाली युनिटी फोरम (ओएनयूएफ) को भिक्टोरिया राज्य समिति ,शतिस रावलको अध्यक्षतामा औपचारिक रूपमा गठन गरिएको छ।

गठन बैठक २३ जुनमा अष्ट्रेलियाको ग्लेनरोयस्थित लाइभ इन सपोर्ट सर्भिसेस अष्ट्रेलिया कार्यालयमा सम्पन्न भएको थियो। बैठकको अध्यक्षता ओएनयूएफ अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष तरालाल घिसिङले गरेका थिए भने सञ्चालन महासचिव उद्धव खड्काले गरेका थिए ।

प्रतीक रिजाल उपाध्यक्ष रहेको समितिमा उक्त समितिमा सचिव नेत्र लामा र उपसचिव सुरज तामाङ छन् भने दिपक सन्जेल कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सदस्यहरूमा वर्षा खड्का, सुनिल श्रेष्ठ, दिनेश ओली, समिक्ष्या लम्साल, स्वस्तानी थापा, स्वस्ती राना, सबिना खरेल, रुवि दाहाल र विवेक अर्याल रहेका छन् ।

समिति गठनपछि नवगठित ओएनयूएफ भिक्टोरिया टोलीले भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत निराजन गौलीसँग फलदायी भेटघाट गरेको छ । सो अवसरमा राहदानी सम्बन्धी समस्या, अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको चुनौती, र भिक्टोरियामा रहेका नेपाली व्यवसायीहरूको समस्या लगायत विभिन्न सामुदायिक सरोकारका विषयमा छलफल गरिएको थियो ।

साथै, उक्त कार्यक्रममा जन सम्पर्क समिति, प्रगतिशील जन सम्पर्क समिति, ओभरसिज नेपाली फोरम, मधेसी फोरम, चितवन समाज, दोलखा समाज लगायतका विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरूसँग परिचयात्मक भेटघाट तथा संवाद पनि सम्पन्न भएको छ ।

आगामी बैठक ओएनयूएफ अष्ट्रेलिया र ओएनयूएफ इन्टरनेसनलका अध्यक्षहरूको परामर्शमा आयोजना गरिनेछ। यसका लागि ओएनयूएफ भिक्टोरियाका अध्यक्ष र सचिवले समन्वयको जिम्मेवारी लिनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु