Saturday, September 5, 2026
Zenith Migration Education
Saturday, September 5, 2026

संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख

Zenith Migration Education

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले सदनमा अवरोध जारी राखेको छ। शुक्रबार पनि बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन्।

त्यसपछि सभामुखले रास्वपाका सुमना श्रेष्ठलाई बोल्न समय दिए। उनले विगतदेखि नै आफूहरूले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी छानबिन गर्न माग गरिरहेको बताए। उनले उच्चस्तरीय वा संसदीय छानबिन समिति केही नबनेको र त्यो कुरा सरकारले नसुनेको भन्दै सरकार कसका लागि भन्दै प्रश्न गरिन्।

यसैगरी राप्रपाकी रोशन कार्कीले पनि भिजिट भिसामार्फत हुने सबै अवैध असुली तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने अडान दोहोर्‍याइन्। उनले एक दिनमै ५० लाखदेखि एक करोड मान्छे बेचेर कमाउने ? पैसा आउँछ भन्दैमा देश पनि बेच्ने ? भन्दै प्रश्न गरिन्।

त्यसपछि पनि रास्वपा र राप्रपा सांसदहरूलाई आशणग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग नगरेपछि सभामुख कार्यसूचीमा अघि बढेका छन्। शनिबार विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु