Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

प्रधानमन्त्री ओली भन्छन्- ‘म माथि मिसनका साथ गालीगलौज गर्नेहरू योगको संगतमा आए मान्छे बन्नेछन्’

Zenith Migration Education

प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज भइरहेकाे बताएका छन्। शनिबार ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताए। तर आफूमाथि केही तत्वहरू मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए।

ओलीले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताए। गालीको मिसन चलाउनेहरू योगको संगतमा आएको खण्डमा मान्छे बन्ने उनले बताए।

‘म कसैप्रति वैरभाव केही रााख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । मिसन छ । म बुझ्छु त्यो कुरा । माया लाग्छ गाली गर्नेहरुप्रति । तर म प्रसन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्तिमात्रै कुरा हो । मेरो बुँता भन्दा बाहिरको कुरा हो सायद । म कतिलाई बुझाउनसक्छु, भेट्न सक्छु सबैलाई बुझाउन सक्दिन’, उनले भने, ‘यदी योगको संगतमा आए भने तपाईंहरुको संगतमा आए भने ति मान्छेहरु पनि मान्छे हुन्छन् ।’

प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्ने कुरा रहेको बताए। उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिरसमेत गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु