Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

Zenith Migration Education

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कासम्बन्धी खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा परियारसहित सात जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहालसमेतको संलग्नता रहेको अख्तियारले जनाएको छ।

उनीहरुमाथि बदनियतपूर्वक मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको, साथै अघिल्लो एक ठेक्कासम्बन्धी विवादलाई मनसायपूर्वक अपव्याख्या गरेर निर्माण व्यवसायीलाई अयोग्य ठहर गराएको आरोप छ। यसअघि पनि भवन निर्माण ठेक्कासम्बन्धी भ्रष्टाचार प्रकरणमा संलग्न रहेको पुष्टि भइसकेको निर्माण कम्पनी समानान्तर सेवा प्रा.लि यस प्रकरणमा पनि संलग्न रहेको देखिएको छ।

अख्तियारले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, गलत मूल्याङ्कन, कानुनी प्रक्रिया उल्लङ्घन र बदनियतका कारण सार्वजनिक सम्पत्तिमा ठूलो हानी पुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु