Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

मानवताभन्दा माथि कुनै जात हुँदैन : प्रधानमन्त्री ओली

Zenith Migration Education

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा माथि कुनै जात नहुने बताएका छन्।

जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा आज शुभकामना दिँदै उनले समभाव र समानताको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

एमाले अध्यक्षसमेत रहेका ओलीले जात, थर, वा जन्मले नभई कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने उल्लेख गरे।

‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवता भन्दा माथि कुनै जात छैन ।’ ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु