Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

किन पक्राउ परे गृह सहसचिव तीर्थराज भट्टराई ?

Zenith Migration Education

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई पक्राउ गरेको हो । बुधबार दिउँसो अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेको थियो भने भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

उनलाई मंगलबार मात्रै गृह मन्त्रालयले सरूवा गरेको थियो । उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ ।

भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाडेको छ। 

बुधबार दिउँसो पक्राउ परेका उनलाई अख्तियारले भोलि बिहीबार आफैँ उपस्थित हुने शर्तमा रिहा गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु