Friday, June 12, 2026
Zenith Migration Education
Friday, June 12, 2026

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

Zenith Migration Education

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।

एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुन लागेको हो। उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन्।

एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए। ‘सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीको उत्साहप्रद उपस्थिति देखिएको छ’, उनले भने। सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्विट्जरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, यूएईलगायत मुलुकका आरोहीहरु सहभागिता जनाउनेछन्। सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमण्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावको बारेमा गहन छलफल हुने अध्यक्ष नेपालले बताए। यसका साथसाथै हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएको खुशीको आदानप्रदान हुनेछ। सम्मेलनमा प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लूडब्लूएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन), समृद्ध पहाडलगायतका विभिन्न सङ्घ संस्थाको सहभागीतामा हिमालका समस्याको बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु