राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताएका हुन्।
‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस्।म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।
उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे।
उनले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पु¥याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ।
‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पु¥याएँ,’ उनले भने, ‘उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’
आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न गरे ।



