Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सिड्नीमा गोर्खा समाज अस्ट्रेलियाको नयाँ नेतृत्व चयन

Zenith Migration Education

सिड्नी — गोर्खा समाज अस्ट्रेलियाले छैटौँ साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सिड्नीमा सम्पन्न साधारणसभाबाट योगेन्द्रराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिवमा राजु पोखरेल, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रवक्तामा रीतु श्रेष्ठ र पब्लिक अफिसरमा सन्जिव अमगाई निर्विरोध चयन भएका छन्।

युवा संयोजकमा अन्जन श्रेष्ठ र महिला संयोजकमा सुमित्रा मगराती चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापा चयन भएका छन्। निर्वाचन समितिका संयोजक डिल्ली ढकालले नयाँ कार्यसमिति चयन भएको जानकारी गराए।

कार्यक्रममा नवनियुक्त अध्यक्ष जोशीले आगामी दिनमा समाजलाई अझ बढी सशक्त र सक्रिय बनाउँदै सामाजिक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

गोर्खा समाज अस्ट्रेलियाले मानव सेवा आश्रमका लागि अस्ट्रेलियाभर च्यारिटी कार्यक्रम आयोजना गरी कुल १ लाख ९३ हजार डलर सहयोग संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु