Monday, September 21, 2026
Zenith Migration Education
Monday, September 21, 2026

शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने

Zenith Migration Education

नेपाल शिक्षक महासंघले आज सोमबारसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने परीक्षा लिन कठिन हुने जनाएको छ ।

बोर्डले महासंघलगायत सरोकारवाला निकायलाई परीक्षा लिने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि नटेरेर आन्दोलन जारी राखेपछि समस्या परेको हो । परीक्षा स्थगित भए ५ लाख ५३ हजार विद्यार्थीहरू प्रभावित हुनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा गर्ने अन्तिम तयारी भए तापनि आन्दोलन फिर्ता नलिएसम्म परीक्षा हुने सम्भावना क्षीण रहेको जानकारी दिए । नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु