Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

चितवन सिड्नी बोइजद्वारा नेपाली विद्यार्थीका लागि सहयोगी अभियान सुरू

Zenith Migration Education

सिड्नी – अष्ट्रेलियामा अध्ययनका लागि आएका नेपाली विद्यार्थीको मनो–स्वास्थ्य र सामाजिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित ‘चितवन सिड्नी बोइज’ नामक सामाजिक संस्था गठन गरिएको छ।

हालै मात्र औपचारिक रूपमा दर्ता भई सेवा आरम्भ गरिएको संस्थाले विशेषगरी चितवन जिल्लाबाट अष्ट्रेलिया आएका युवा–युवतीहरूलाई एक आपसमा जोड्ने र आवश्यकताअनुसार सहयोग पुर्‍याउने अभियान थालेको छ।

विद्यार्थी जीवनमा भोगिने मानसिक दबाव, संस्कृतिगत अन्तर, एक्लोपनजस्ता विषयमा छलफल गर्न सकिने वातावरण बनाउने तथा मेन्टल हेल्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थाको प्राथमिक उद्देश्य हो।

संस्थाको नेतृत्वमा रहेका पदाधिकारीहरू यस्ता छन्:

अध्यक्ष – निशान पौडेल,उपाध्यक्ष – सागर प्रसाई,सचिव – शेखर बस्नेत कोषाध्यक्ष – सुजन बानिया छन भने।

अहिलेसम्म ८० भन्दा बढी सदस्य आबद्ध भइसकेका छन्।  प्रमुख सल्लाहकारसूचीमा  प्रतिरोध प्रसाई, विश्व सुवेदी, हेमन्त लामीछाने, जयन थापा, सुदीप सुनार, सक्षम सुवेदी, किस्मत,

जेनिथ खड्का लगायत युवाहरूको सक्रिय सहभागिता देखिएको छ।

संस्थाले अष्ट्रेलियामा रहेका चितवनका सबै युवालाई एक ठाउँमा ल्याउने प्रयासस्वरूप आबद्ध हुन आह्वान गरेको छ।

‘चितवनबाट अष्ट्रेलिया आएका सबै दाजुभाइ, दिदीबहिनीहरूलाई संस्थामा आबद्ध भई सँगै अघि बढ्न आग्रह गर्दछु,’ अध्यक्ष निशान पौडेलले भने, ‘विद्यार्थी जीवनमा भोगिने समस्या तत्काल कसैसँग बाँड्न सकिने वातावरण बनाउनु हाम्रो मुख्य लक्ष्य हो।’

चितवन सिड्नी बोइज ले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै नेपाली समुदायमा सकारात्मक भूमिका खेल्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु