सिड्नी – अष्ट्रेलियामा नेपाली समुदायबीच धार्मिक सहिष्णुता र भाइचारालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (ANTA) ले विशेष इफ्तार कार्यक्रम आयोजना गरेको छ। “वेन्टवर्थविल स्थित १ रोसन मा सम्पन्न कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रलेखा यादव प्रमुख अतिथि रहनुभएको थियो। उहाँले अष्ट्रेलियामा रहेका नेपाली मुस्लिम समुदायसहित मुस्लिम धर्मावलम्बीहरूलाई रमजानको शुभकामना दिनुका साथै आयोजक ANTA लाई कार्यक्रमको सफलताका लागि धन्यवाद दिनुभयो।

ANTA का महासचिव विकाश झा ले संस्थाले नेपाली संस्कृतिको प्रवर्द्धन र समुदायलाई एकताबद्ध राख्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा तराई समाजका अध्यक्ष रञ्जित शाह, धार्मिक अगुवा तथा नेपाली समुदायका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
ANTA ले भविष्यमा पनि सामाजिक, सांस्कृतिक र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।







