सिड्नी—ओवर्नमा स्थित विनर्स सर्कल एजुकेशन भिसाले आफ्नो पहिलो वर्षको सफलतालाई मनाउँदै सेवा विस्तार गर्ने योजना घोषणा गरेको छ। यस संस्थाले अष्ट्रेलिया आउने विद्यार्थी तथा आप्रवासीहरूलाई शैक्षिक र भिसासम्बन्धी प्रक्रियामा पूर्ण मार्गदर्शन प्रदान गर्दै कलेज र विश्वविद्यालय छनोट, भिसा आवेदन प्रक्रिया, छात्रवृत्ति अवसरहरू र आवास व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

संस्थाका निर्देशक रोशन खतेउडाले आगामी वर्षहरूमा अझ प्रभावकारी तथा बृहत् सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्। साथै, सामाजिक कार्य र खेलकुद क्षेत्रमा समेत संस्थाले सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



