अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीवीच कडा विवाद भयो । त्यसपछि युक्रेन रुससँगको युद्धमा ब्याक फुटमा आएको विश्लेषण भइरहेको छ । पछिल्लो समय जेलेन्स्कीले दिएको अभिव्यक्तिलाई लिएर ट्रम्पले थप कडा टिप्पणी गरेका छन् ।
जेलेन्स्कीको एक अभिव्यक्तिलाई लिएर ट्रम्पले भनेका छन्- यो युक्रेनी नेताको सबैभन्दा खराब अभिव्यक्ति हो । जेलेन्स्कीले रुससँगो युद्ध अन्त्यका लागि दिएको प्रतिक्रियालाई लिएर ट्रम्पले भनेका छन्- अमेरिकालाई जेलेन्स्कीको यो प्रतिक्रिया धेरै लामो समयसम्म सैह्य हुने छैन ।
जेलेन्स्कीले युद्ध समाप्त हुन अझै केही समय लाग्ने बताएका थिए । उनले अमेरिकी सहयोगका बारेमा पनि प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए- मलाई लाग्छ अमेरिकासँग हाम्रो सम्बन्ध जारी रहन्छ । किनकी यो कहिलेकाहीँ हुने सम्बन्धभन्दा बढी छ ।
यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले भनेका छन्- म यही कुरा भनिरहेको थिएँ कि उनी तबसम्म शान्तिको पक्षमा उभिने छैनन् जबसम्म अमेरिकाको समर्थन पाइरहन्छन् । उता युरोपेली नेताहरूले आफूहरूलाई युक्रेनको पक्षमा उभ्याएका त छन् तर, त्यसमा पनि अमेरिकी सहयोग अपरिहार्य देखिन्छ ।