सिड्नी, – अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। वुमन फोरम नारी निकुञ्ज अष्ट्रेलिया र नरिश नेशन फाउन्डेशनको संयुक्त आयोजनामा हुने कार्यक्रममा महिलाको नेतृत्व, सशक्तीकरण र लैंगिक समानताका विषयमा विशेष छलफल गरिनेछ।
कार्यक्रम मार्च २, आईतवार, बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लिभरपुलस्थित स्काइभ्यु रिसेप्सन फङ्सन सेन्टरमा आयोजना हुनेछ।

नारी निकुञ्जकी राष्ट्रिय संयोजक संगिता चापागाईंका अनुसार महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। “महिला सशक्तीकरणका लागि बहस मात्र होइन, व्यवहारमै परिवर्तन आवश्यक छ। यसका लागि ठोस कदम चाल्नुपर्छ,” उनले भनिन्।
कार्यक्रममा विभिन्न सफल महिलाका प्रेरणादायी कथाहरू प्रस्तुत गरिनुका साथै प्रतिष्ठित व्यक्तित्वहरूले विचार राख्नेछन्। आयोजकका अनुसार, “महिलाहरूलाई सक्षम बनाउने, नेतृत्वमा उभ्याउने र समावेशी समाज निर्माण गर्ने” लक्ष्यसहित यो विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम लिभरपुल सिटी काउन्सिलको विशेष सहयोगमा सम्पन्न हुन गइरहेको छ भने, वचन न्युज अष्ट्रेलिया यस कार्यक्रमको आधिकारिक मिडिया साझेदार रहेको छ।