Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

काँग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि १० उम्मेदवार, को कहाँ ? (सूचीसहित)

Zenith Migration Education

काठमाडौं-नेपाली कांग्रेसले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानको उम्मेदवार टुंगो लगाएको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ४४ स्थानमध्ये विभिन्न १० ठाउँको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका हुन् । कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ।

हेर्नुस् उम्मेदवारको सूची
कोशी प्रदेश
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद– वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद– वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद– अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद– वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद– वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद– प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद– वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद– वडा अध्यक्ष

गण्डकी प्रदेश
(१) भाइकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु