Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

कोमल राज पाठक AECA को अध्यक्षमा निर्वाचित

Zenith Migration Education

सिड्नी, अस्ट्रेलिया – अस्ट्रेलियामा शिक्षा परामर्श सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका ४नेशन्स इन्टरनेशनलका निर्देशक कोमल राज पाठक अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (AECA) को अध्यक्षमा निर्वाचित भएका छन्। साथै, महासचिव पदमा योगेन्द्र पौडेल निर्वाचित भएका छन्।

यो निर्वाचनले शिक्षा परामर्श सेवामा पाठकको अनुभव र योगदानको उच्च कदर भएको देखाउँछ। लामो समयदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय पाठकले AECA लाई थप सुदृढ बनाउँदै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

४नेशन्स इन्टरनेशनलको टिमले पाठकको यो उपलब्धिलाई ऐतिहासिक उपलब्धि मानेको छ। “पाठक सरको दूरदर्शी सोच र अथक परिश्रम हामी सबैका लागि प्रेरणाको स्रोत हो,” टिमले जनाएको छ। उनीहरूको नेतृत्वमा AECA ले थप सफलताको यात्रा तय गर्ने विश्वास टिमले व्यक्त गरेको छ।

निर्वाचित अध्यक्ष पाठकलाई वाणिज्यदूत सञ्जीव कुमार शर्मा, NRNA अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्षहरू तथा विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तिहरूले बधाई तथा शुभकामना दिएका थिए।पाठक युवा समाजसेवी पनि भएकाले उनको लोकप्रीयता दिन प्रतिदिन बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु