Friday, May 29, 2026
Zenith Migration Education
Friday, May 29, 2026

चितवन समाज अष्ट्रेलियाले फादर्स डे विशेष बार्बिक्यू कार्यक्रम सम्पन्न गर्‍यो

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – चितवन समाज अष्ट्रेलियाले सिड्नीको अबर्न पार्कमा फादर्स डे को अवसरमा विशेष बार्बिक्यू कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रमले समाजका सदस्यहरूबीच सहकार्य र सामाजिक सञ्जाललाई अझ सुदृढ बनाउँदै नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखेको थियो।

चितवन समाजका अध्यक्ष पुरुषोत्तम सडौलाले चितवन समाज अष्ट्रेलिया २०११ मा सिड्नीमा स्थापना भएको र त्यस समयदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको जानकारी गराउनुभयो। उहाँले विशेष गरी नेपालमा चेपाङ बस्ती लगायतका शिक्षा क्षेत्रमा विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। साथै, अष्ट्रेलियामा चितवनबाट आएका नेपालीहरूको सामाजिक सञ्जाललाई सशक्त बनाउन र नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने काममा समाज जुटिरहेको कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले चितवन समाज अष्ट्रेलियासँग आफ्नो विशेष सम्बन्ध रहेको अनुभव सुनाउनुभयो। उहाँले आफैँ पनि चितवन समाजको स्थापनाकालदेखि सदस्य रहनु भएको र महासचिवको भूमिकासमेत निभाउनु भएको स्मरण गराउँदै, १०-१२ वर्ष अघि चितवन समाजको सुरुवातमा सदस्यहरूले दिएको हौसलाले आफ्नो NRNA अष्ट्रेलियाको यात्रा अझ सफल बनाउन मद्दत गरेको बताउनुभयो।

फादर्स डे को अवसरमा आयोजित यस विशेष बार्बिक्यू कार्यक्रममा करिब ३००-३२० सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा दोस्रो पुस्ताका बालबालिकाहरूका लागि विभिन्न गतिविधिहरू पनि आयोजना गरिएका थिए, जसले कार्यक्रममा झन् उत्साह थपेको थियो।

चितवन समाज अष्ट्रेलियाले भविष्यमा पनि चितवन र नेपालका विभिन्न क्षेत्रमा, विशेष गरी शिक्षा र समाजसेवामा, योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको समापनमा, चितवन समाजका टिमले कार्यक्रमलाई सफल बनाउन गरेको अथक प्रयासको लागि एनआरएनए अध्यक्ष पोखरेल र अध्यक्ष पुरुषोत्तम सडौलाले धन्यवाद ज्ञापन गर्नुभएको थिए।

चितवन समाज अष्ट्रेलियाले आगामी दिनहरूमा पनि यसै गरी विभिन्न सामाजिक कार्यहरू जारी राख्ने बताएको छ। यस कार्यक्रममा चितवन समाजका पूर्व अध्यक्षहरू सत्यप्रसाद कँडेल, बुढी डल्लाकोटी, छवि सापकोटा र पूर्णनाथ घिमिरे साथै एनआरएनएका अध्यक्ष अनिल पोखरेल, ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठ, नयाँका अध्यक्ष विपिन थापालगायत अन्य बिभीन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सभ्य र भव्य भएको सहभागीहरूले प्रतिकृया दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु