Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

बिपिन थापा चुनिए ‘नया’को नयाँ अध्यक्ष, यस्तोछ कार्य समिती।

Zenith Migration Education

नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को अध्यक्षमा बिपिन थापा निर्विरोध चयन भएका छन् ।
शुक्रवार सांझ सिड्नीको म्यारिल्याण्ड बार्दली फंसन हलमा आयोजीत पाचौं साधारण सभाले थापाको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ। नव अध्यक्ष बिपिन थापाका अनुसार साधारण सभाले देहाय बमोजिमका उम्मेदवारहरुलाई निर्विरोध चयन गरेको छ। जसमा अध्यक्षमा बिपिन थापा, उपाध्यक्ष शेखर तिवारी, महासचिव सुमन श्रेष्ठ, सचिव मिलन भट्ट, सहसचिव राजेश टण्डन, कोषाध्यक्ष श्रवण भट्टराई, युवा संयोजक लेखमणि त्रिटाल, आईटी संयोजक कृष्ण ढकाल, महिला संयोजक प्रियंका सिटौला, कार्यक्रम संयोजक जेनिश लामा थिङ रहेका छन् । कार्यकारी सदस्यहरूमा युवराज गुरागाइ, निरज पन्थ , गणेश बानियाँ, सुनिल गौतम, विज्ञान ढकाल, सौगत त्रिपाठी, विज्ञान अधिकारी, मोहन थापा, भुवन जंग बस्नेत, विकल्प घिमिरे र केदार कुमार रायमाझी रहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनको टोली सिड्नी भ्रमणमा आएको अवसर पारी लिंग्देनको प्रमुख आतिथ्यमा गरिएको सो कार्यक्रममा सिड्नीमा रहेका नेपाली समाजका अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 
२०१३ मा स्थापना भएको एशोसियसनको संस्थापक अध्यक्ष कमलराज पाठक हुन् । नव अध्यक्षमा निर्वाचित थापाले यस अगाडी नयामा विभिन्न जिम्मेवारी सहित अनुभव सगांलेका छन् । आफुलाई विश्वास गरेर अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले अब संस्था को बागडोर सम्हाल्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई कुशलता पूर्वक बहन गर्ने प्रतिज्ञा समेत सार्वजानीक रूपमा गरेका छन् । उनी सामाजीक सेवामा समर्पित र युवा पुस्ताका लागी भिजेनरी ब्यक्तीको रूपमा पछिल्लो समयमा अष्टेलियाका नेपाली समुदायमा परिचित छन्।

संस्थाका महासचिव सत्यप्रकाश कँडेलले सञ्चालन गरेको र अध्यक्ष निजन चौलागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राप्रपा कोशी प्रदेश सभासद भक्ती सिटौला, वरिष्ठ राजनीतिज्ञ एवं विश्व हिन्दु महासंघ नेपाल अध्यक्ष रामचन्द्र अधिकारी , एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, वाणिज्यदुत सन्जिव शर्मा, एनआरएनए आईसीसी सचिव डा.ज्ञानेन्द्र रेग्मी, अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक विनोद कुवर, रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, संस्थापक दिनेशराज जोशी, महेन्द्रकुमार लम्साल, एनआरएनए आईसीसी सदस्य रमेश अधिकारी, डिल्ली ढकाल, पुर्णनाथ घिमिरे, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, शमसेरसिंह थापा, अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसिसयनका उपाध्यक्ष प्रकाश हुमागाँई, एनसिसी सदस्य सुर्यभक्त खनाल,अन्तराष्ट्रिय झापाली समाजका भवानी ओली , महेन्द्र ओली, उमेश पोखरेल, भुपाल सिटौला, एनआरएनए पूर्व युथ कोअर्डिनेटर ईर्साद आहाम्मद, जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष ईथान शाक्य, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, उपाध्यक्ष छवि सापकोटा, पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, कोषाध्यक्ष विकास सापकोटा, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अजय राजवशीं, जनसम्पर्क समितिका पूर्व सभापति कृष्ण गिरी , ओएनएफका केशव जोशी, महिला सामाजिक अगुवा सबला बस्नेत, पुजा चन्द, देब राना, सागर काफ्ले, बिकाश झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु