सिड्नी, औबर्न : औबर्न पुलिसको टोलीले स्थानीयको सहयोगमा जीवन तामाङलाई साउथ परेड, सिड्नीको औबर्नमा रहेको एक पार्किङ स्थलमा सुतिरहेको अवस्थामा पक्राउ गरेको छ। हाल उनी औबर्न पुलिसको थुनामा रहेका छन् र घरेलु हिंसासम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो। औबर्न पुलिसका अनुसार उनलाई बर्वुड कोर्टमा पेस गरिनेछ।
जीवन तामाङ २३ बर्षका नेपाली नागरीक हुन र उच्च शिक्षा अध्ययनका लागि केही समय अघि सिड्नी आएका थिए, हाल डिप्रेसनको अवस्थामा देखिएका छन्। उनको पासपोर्ट हराएको छ र उनी सडकमा वा पार्किङमा सुत्ने होमलेस अवस्थामा भेटिएका थिए। स्थानीयको अनुरोधमा होसन्ना नेपाली चर्चका पाष्टर अनिश रिमाल तथा उनको टोलीले जीवनलाई परामर्श, सेल्टर, र सुधारको व्यवस्था गर्दै नेपाल फर्काएर परिवारको जिम्मा लगाउने तयारी गरिरहेको बेला, प्रहरीको वान्टेड सुचीमा उनको नाम रहेको जानकारी पाएपछि कानुनी कार्वाहीको प्रक्रिया पूरा गरेपछि मात्र सो कार्यलाई निरन्तरता दिन सकिने जानकारी पाष्टर अनिश रिमालले दिनुभयो।











