Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपालमा

Zenith Migration Education

अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल भ्रमणमा रहेका छन्। शुक्रबार बिहान काठमाडौं आइपुगेका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री वर्मालाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले स्वागत गरेका छन्।

भ्रमणका क्रममा वर्माले नेपाल सरकारका शीर्ष नेताहरू, यूएसएआईडी नेपालका कार्यक्रम साझेदारहरू, चिया विज्ञहरू, र नेपाली व्यवसायीहरूसँग भेट गर्नेछन्, भनी काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

त्यसैगरी, उनले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत उच्च अधिकारीहरूलाई भेट्नेछन्।

वर्मा अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारका प्रभावशाली मन्त्रीहरूमध्ये एक हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछिको यो अमेरिकाबाट भएको सबैभन्दा उच्चस्तरीय भ्रमण हो। वर्मालाई नेपालको राम्रो जानकारी भएको मानिन्छ।

नेपालको एकदिने भ्रमणपछि उनी शनिबार भारत जानेछन्, जहाँ उनी अगस्त २२ गतेसम्म बस्नेछन् भनी अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु