Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

Zenith Migration Education

काठमाडौँ : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने चेतनामूलक पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।

अष्ट्रेलियाली दूतावासको सहयोगमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगङ्गा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अष्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पुर्याउनुभएको सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताउनुभयो ।

प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशनलगायत गतिविधिबाट नेपाल–अष्टे«लिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु