Sunday, September 13, 2026
Zenith Migration Education
Sunday, September 13, 2026

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

Zenith Migration Education

जेनेभा (स्वीटजरल्याण्ड): राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्वीटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।

साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ । समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीवार मूख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियोे ।

उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु