Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

डार्बिनमा नेपाल महोत्सव: नेपाली साँस्कृतिक कार्यक्रमको भव्य आयोजना (तस्बिरसहित)

Zenith Migration Education

सिड्नी: डार्बिनमा नेपाल महोत्सव भव्यताकासाथ सम्पन्न भएको छ। पाँचौ पटक आयोजना गरिएको नेपाल महोत्सवको भव्य सफल भएसंगै आयोजकलाई उत्साहित बनाएको छ।

महोत्सवमा नेपाली सँस्कृति, परम्परा, र सम्पदा झल्कने विभिन्न आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

नेपाली नृत्य, संगीतबाट नेपालीलगायत अष्ट्रेलियन दर्शकहरूलाई समेत भरपूर मनोरन्जन लिएका थिए भने सहभागीहरूले नेपाली परिकारहरूको विशेष स्वाद लिंदै नेपाली खानाको आनन्द लिएका थिए भने प्रदर्शनमा राखिएका नेपाली चित्रकला, हस्तकला, र अन्य कलाकृतिहरूले नेपाली मौलिक कला र सँस्कृति झल्काएका थिए।

त्यसैगरी, बालबालिकाहरूका मनोरन्जनका लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरूले सानादेखि ठूला सबैलाई रमाइलो बनाएको थियो।

प्रख्यात गायिका एलिना चौहान र समीक्षा अधिकारीको सांगीतिक प्रस्तुतीले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेको थियो भने नेपाली आधुनिक तथा लोक नृत्यले महोत्सवमा आकर्षण थपेको थियो।
त्यसैगरी, साँस्कृतिक झाँकी, नेपाल हाउस, बुद्धको स्तूपा, विभिन्न खानाका परिकारको स्टल, व्यापारिक सामानको स्टल, आतिसबाजीले महोत्सवमा रौनकता थपेको थियो।

गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले महोत्सवको उद्घाटन गर्नुभएको थियो।

उहाँले महोत्सवको उद्घाटन गर्दै भन्नुभयो, “यो महोत्सवले नेपाली सँस्कृति र परम्परालाई जोगाइ राख्न साथै यसको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेल्नेछ। आफ्नो मौलिक सँस्कृति र परम्परा नयाँ पुस्ता र अष्ट्रेलियन समुदायबीच परिचित गराउन र भिन्न समुदायबीच आपसी सम्बन्धलाई सुदृढ पार्दै भाइचाराको विकास गर्न पार्न मद्दत पुर्‍याउनेछ। हामी सबैले मिलेर यस महोत्सवलाई सफल बनाऔं र आफ्नो सम्पदाको संरक्षण गर्दै उत्सव मनाऔं।”

“महोत्सवका संयोजक NRN Northern Teritory का संजीव ढकाल तथा टिम र महोत्सवमा सहभागी सबैलाई मुरी-मुरी धन्यवाद” दिदैं सक्रिय सहभागिता र चुस्त व्यवस्थापनको लागि आयोजक गैर-आवासीय नेपाली संघ (NRNA) उत्तरी क्षेत्र टोलीलाई पनि धन्यवाद दिनुभयो।

त्यसैगरी, उहाँले महोत्सवमा प्रमुख अतिथिको रूपमा उपस्थित प्रोफेसर ह्युग हेग्गी, प्रथम महिला रूथ जोन्स, उत्तरी क्षेत्रका मुख्य मन्त्री इभा ललरलाई पनि उहाँहरूको उपस्थितिको लागि धन्यवाद ज्ञापन गर्नुभयो।

आगामी नेपाल महोत्सव १४ सेप्टेम्बर २०२४ मा पर्थमा आयोजना हुने पनि गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery