काठमाडौं। सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत भेटिएका छन्।
पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका थिए । साथै उनीसँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्कविहिन बनेका छन्।
उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ। बिहीबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए। साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको विभागले जनाएको छ।