Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

इन्टरनेशनल पुलिस पिसकिपिङ अपरेसन सपोर्ट प्रोग्राम सम्पन्न (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौँ : नेपाल प्रहरी र इन्टरनेशनल पुलिस पिसकिपिङ अपरेसन सपोर्ट प्रोग्राम (IPPOS) र युनाइटेड नेशन्स इन्स्टिच्युट फर ट्रेनिङ एण्ड रिसर्च (UNITAR) द्वारा सञ्चालित महिला, शान्ति र सुरक्षा-WPS सम्बन्धी कार्यशालाकाठमाडौँमा सम्पन्न भएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख अतिथि सत्कारमा बिहीबार कार्यशाला सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिताबारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा क्षमता अभिवृद्धिका लागि थप सहकार्य, समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताका लागि आवश्यक मूल्याङ्कन र अन्तर्वार्तामा छलफल र अन्तरक्रिया भएको उहाँले बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाको राज्य विभाग, अन्तर्राष्ट्रिय नार्कोटिक्स र कानून प्रवर्तन मामिला, क्षेत्रीय प्रमुख मार्सी ब्राउनले कार्यशालाको उद्देश्य र महत्व बारे आफ्नो विचार व्यक्त गर्दै यूनिटारका मासा डिकानोभिकले कार्यशालासँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरे।

अष्ट्रेलिया, बंगलादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेसिया, नेदरल्यान्ड्स, नाइजर, रुवाण्डा, सेनेगल, सामोआ, तान्जेनियाका प्रहरी अधिकारीसहित नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जना । युएई र युएन वुमन, युएन लाइट कोर्डिनेसन मेकानिजम (एलसीएम) लगायत विभिन्न देशका प्रहरी अधिकारीसहित कुल ३१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु