Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

रहनुभएन डा. एडोन रोङ्गोङ्ग

Zenith Migration Education

काठमाडौँ: नेपाली ख्रीष्टियन समुदायमा कतिपय यस्ता सेवक/सेविकाहरू हुनहुन्छ जसको ख्रीष्टियन समुदायप्रतिको योगदान अतुलनीय छ। नेपाली ख्रीष्टियन समुदायमा अतुलनीय योगदान पुर्याउनुभएका प्रभुप्रति समर्पित एक व्यक्तित्व हुनहुन्छ डा. एड़ोन रोङ्गोङ्ग।
डा. रोङ्गोङ्ग नेपाली ख्रीष्टियन जगतका एक प्रखर वक्ता, सशक्त लेखक/साहित्यकार, प्रभुको काम भनेपछि हुरुक्कै हुने व्यक्तित्व हुनुहुन्थ्यो। स्व. रोङ्गोङ्ग नाम चलेका धेरै पास्टर, अगुवाहरूका निम्ति प्रेरणा हुनहुन्थ्यो भने कतिले उहाँलाई आत्मिक पिताको रुपमा समेत हेर्ने गरेका छन्। उहाँ धेरैका गुरू पनि हुनुहुन्थ्यो।

स्व. डा. रोङ्गोङ्गले आफ्नो थातथलो भारत छोडी करिब ३० वर्ष नेपालमा रही अनवरत रुपमा क्याम्पस क्रूसेड फर क्राइष्ट मार्फत नेपाली समुदायको माझमा सेवकाइ गर्नुभयो। पंचायतको जर्जर समयमा पनि उहाँले निडरताका साथ केवल प्रभुको भयमा सुसमाचार प्रचार, चेलापन, तालिम, मण्डली स्थापनाजस्ता सेवकाइ मात्र गर्नुभएन, नेपाली वाङ्ग्मय/साहित्यमा समेत उत्कृष्ट योगदान पुर्याउनुभयो।

यी सेवाकाइको दौरान उहाँले थुप्रै अगुवा तथा पास्टरहरू निर्माण, चेलापन, सुदृढीकरणजस्ता सेवाकाइ गरी नेपाली समुदायलाई हुनसम्मको गुण लगाउनु भएको छ जुन नेपाली इतिहासमा सदा सुनौलो अक्षरमा रहिरहने छ।
उहाँले पाटन क्वाइनोनिया मण्डली र नेपाल राष्ट्रिय मण्डली संगतिमा पुर्याउनुभएको योगदान अविस्मरणीय छन्।

विगत लामो समयदेखि अस्वस्थताका कारण घरमै आराम गरिरहनुभएका आदरणीय अग्रज
स्व. एडोन रोङ्गोङ्ग नेपाली ख्रीष्टियन समुदायलाई स्तब्ध पार्दै ८३ वर्षको उमेरमा आज मे १५ २०२४ का दिन अनन्तको घरमा प्रस्थान गर्नुभएको छ।
स्व. डा. रोङ्गोङ्गको परिवारमा श्रीमती तथा तीन छोरी रहेका छन्।

मन्जु रोङ्गोङ्ग, तीनछोरी, ज्वाँइलगायत सम्पूर्ण आफन्तमा परमेश्वरको शान्ति, सान्त्वना रहेको होस्।
यस शोकको घडीमा स्व. डा. एडोन रोङ्गोङ्गप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकित परिवार- श्रीमती मन्जु रोङ्गोङ्ग, तीनछोरी, ज्वाँइलगायत सम्पूर्ण आफन्तमा परमेश्वरको शान्ति, सान्त्वना रहेको होस्।

—वचनन्यूज परिवार—

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु