Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

नेपाली कांग्रेसका पूर्व सांसद रेग्मीको निधन

Zenith Migration Education

वालिङ (स्याङ्जा): पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो ।

उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँमा क्यान्सरको उपचार गराइरहनुभएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उहाँलाई भीरकोट ल्याइएको थियो । नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic