Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

सभापति खतिवडाद्वारा आगलागीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

Zenith Migration Education

काठमाडौँ: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

स्थानीय सामुदायिक वनमा लागेको डँढेले अनियन्त्रित भई बहुनडाँडाको खरबारीमा सल्केपछि काटेर राखेको खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षका छोरा कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध रु एक लाख सहयोग प्रदान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery