Zenith Migration Education
Tuesday, March 25, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढीका कारण सयौंको मृत्यु

Zenith Migration Education

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौंको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने पनि आशंका छ ।

तालिवान अधिकारीहरूले बाढीका कारण १५० जनाको मृत्यु भएको बताएका छन् । मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार बाढीका कारण तीन सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

बगलान प्रान्तका पाँच जिल्ला शुक्रबार रातिदेखि आएको बाढीको चपेटामा परेका छन् । यी घरमा क्षति पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार २ हजार ११ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । यसबाहेक २ हजार ८ सय घरमा क्षति पुगेको छ ।

बाढीका कारण तीन मस्जिद र चार विद्यालयमा पनि क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic