Zenith Migration Education
Sunday, May 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

कीर्तिपुरमा बस दुर्घटना: त्रिविका प्राध्यापकको निधन

Zenith Migration Education

काठमाडौँ । आज कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । कीर्तिपुर- रत्नपार्क रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।

घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery