Wednesday, September 16, 2026
Zenith Migration Education
Wednesday, September 16, 2026

सुसमाचारका अग्रज योद्धा रेशमराज पौडेल: स्वर्गीय घरमा प्रस्थान

Zenith Migration Education

पोखरा: नयाँगाउँ चर्च पोखराका एक संस्थापक अगुवा, नेपाल सुसमाचार केन्द्रका संस्थापक एवं वरिष्ठ प्रचारक आदरणीय रेशमराज पौडेल आज २०८१ वैशाख २० गते यस संसारको यात्रा पूरा गरी अनन्तको घरमा प्रस्थान गर्नुभएको छ ।

विभिन्न मिसनसँग आबद्ध रही प्रभुको काम गर्नुहुने परमप्रभुका सेवक रेशमराज पौडेलको निधनले एक अग्रज, सुसमाचारका योद्धालाई नेपाली इसाई समुदायमा अपूरणीय क्षति पुग्न गएको छ।

देशका कुनाकाप्चामा पुगेर सुसमाचार पुऱ्याउन आफ्नो जीवनको सम्पूर्ण कालखण्ड व्यतित गर्नुहुने एक जुझारु तथा कुशल प्रचारक स्व. पौडेल हुनुहुन्थ्यो। वचन कण्ठ गर्न सक्ने मात्र होइन, त्यसलाई सही ठाउँमा ठीक तरिकाले प्रयोग गर्ने र मानिसहरूलाई उत्साह दिने व्यक्तिहरूको अग्रपङ्क्तिमा रेशम राज पौडेल पर्नुहुन्छ ।
उहाँले नेपाल राष्ट्रिय मण्डली संगतिमा पनि अतुनालीय योगदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु