Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

वरिष्ठ प्रहरी उपरीक्षक विष्ट सम्मानित

Zenith Migration Education

काठमाडौँ: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्ट सम्मानित हुनुभएको छ ।

प्रदेशमा रही आर्थिक वर्ष २०८०/८१ मा कार्यसम्पादनका आधारमा बिष्टलाई नेपाल प्रहरीले सम्मान गरेको हो । विष्ट यसअघि आव २०७९/८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कारसहित सम्मानित हुनुभएको थियो ।

प्रहरी कर्मचारीहरुले सङ्गठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय आदेशको पालना गरेको प्राप्त जिम्मेवारी पूर्णइमान्दारीताका साथ पूरा गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उहाँलाई सम्मान गरेको हो ।

विसं २०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएका विष्ट २०७२ सालमा प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुनुभएको थियो भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।

प्रहरीले त्यसअवसरमा प्रहरी निरीक्षक सरोजकुमार ठकुराठी, प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट र प्रहरी वरिष्ठ हवल्लदार धवलसिंह महरालाई पनि उत्कष्ट ठहर गर्दै सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic