Sunday, January 18, 2026
Zenith Migration Education
Sunday, January 18, 2026

समुद्रमा बिछाइएको अप्टिक फाइबरमा समस्या, इन्टरनेट स्लो हुन सक्ने

Zenith Migration Education

काठमाडौं। केही समय मात्र इन्टरनेट चलेन भने कस्तो हुन्छ ? इन्टरनेट मानिसको जीवनको निम्ति अपरिहार्य बनिसकेको छ। एकछिन मात्र पनि इन्टरनेट चलेन वा स्पीड स्लो भयो भने हाम्रो धैर्यताको बाँध टुट्न थाल्छ।

इन्टरनेट किन र कसरी स्लो हुन्छ भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। इन्टरनेट स्लो हुनुमा धेरै कारणहरू छन्। कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ।

पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ। समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोरोध भएको समाचार आएको छ।

समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिंगापुर लगायत एसियाका धेरै देशहरुमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन्।

प्राप्त जानकारी अनुसार सिंगापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ। यी तार मर्मत गर्न महिनौं लाग्ने बताइएको छ।

यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेशन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ। पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु