Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

‘प्रविधिको सही प्रयोग नहुँदा अपराध निम्त्याउँछ’

Zenith Migration Education

काठमाडौँ: काठमाडौँ शिक्षा क्याम्पसका सहप्रध्यापक वसन्तकुमार बरालले आफ्ना मामा बितेको खबर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । आफन्त सहित उहाँका परिवार आर्यघाट जानुभयो । यही बीचका समयमा घरमा लाखौँको धनराशि चोरी भयो । केही वर्षअघिको यो घटनाको मूल दोषी उहाँ आफैँलाई ठान्नुहुन्छ । “यदि मैले सामाजिक सञ्जालमा घर बाहिर जाँदै गरेको सूचना नदिएको भए चोरी हुँदैन थियो”, उहाँले भन्नुभयो, “हामीले प्रविधि चलाउन जानेनौँ भने अपराध निम्त्याउँदोरहेछ ।”

एकता फाउन्डेसन नेपाल र चन्द्रागिरि नगरपालिकाद्वारा संयुक्त रुपमा आज आयोजित ‘साइबर सुरक्षासम्बन्धी विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रममा’ सहप्राध्यापक बरालले सामाजिक सञ्जालको सही प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडाका एक सय ३० जना विद्यार्थी सहभागी थिए । नेपाल प्रहरी ,साइबर क्राइम ब्युरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले ‘साइबर सुरक्षासम्बन्धी’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले कतिपय घटना हुनुमा व्यक्ति आफँै नै दोषी भएका बताउनुभयो । “हामीले सामाजिक सञ्जाल माध्यमा व्यक्तिगत सूचना फेसबुकमा राख्दा पनि यस्ता अपराधिक क्रियाकलाप भएका छन्”, उहाँले भन्नुभयो, “अर्को कुरा भौतिकरुपमा कहिल्यै नभेटेको व्यक्तिसँग कुराकानी गर्दा पनि यस्ता घटना घटेको पाइयो ।” उहाँले प्रविधिको विकास त भयो त्यसको सदुपयोग गर्ने ज्ञानको अभावमा अपराधिक गतिविधि मौलाएको बताउनुभयो ।

चन्द्रागीरि–१० का वडाध्यक्ष शिवकुमार महर्जनले सूचना प्रविधिले अवसरसँगै चुनौतीसमेत साथमा ल्याएको छ बताउनुभयो । “यो चुनौतीको सामना गर्न हामी सबै जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो, “साइवबर अपराधबाट जोगाउन वडाभरि नै चेतनामूलक कार्यक्रम गर्दैआएका छौँ ।”

एकता फाउन्डेसनका अध्यक्ष रामहरि शाहीले सूचना प्रविधिको बढ्दो विकाससँगै अपराध पनि बढिरहेको बताउनुभयो । सहभागी बालबालिकाले प्रविधिको दुरुपयोग हुन नदिन चेतना जरुरी रहेकामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery