Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

जडीबुटी प्रशोधन उद्योगमा आगलागी

Zenith Migration Education

खजुरा (बाँके): बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार आगलागी घटनाको जानकारी आउनै बित्तिकै प्रहरीको टोली परिचालन गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery