ललितपुर: उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि बनाउन गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ ।
पीडितको निवेदनको आधारमा तादी गाउँपालिकाले २०७९ असार १४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो ।
सो प्रतिलिपि पाउन पीडितले दिएको निवेदनका सक्कलैप्रति झिकाउन न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलले आदेश गरेका हुन् । पीडितको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि झिकाउन अदालतले आदेश गरेको छ ।