Sunday, August 16, 2026
Zenith Migration Education
Sunday, August 16, 2026

चर्चभित्र चक्कु प्रहार

Zenith Migration Education

सिड्नी : सिड्नीस्थित क्राइष्ट द गुड शेफर्ड चर्चमा चक्कु प्रहार भएको छ। घटना सोमबार साँझ वाकेले उपनगरको एउटा चर्चमा प्रवचन भइरहेको समयमा घटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धेरै मानिसलाई चक्कु प्रहार गरिएको तर घाइतेहरू कसैलाई पनि गम्भीर चोट लागेको छैन।
प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी सोधपूछ गरिरहेको जनाएको छ भने चक्कु प्रहारको कारण अज्ञात रहेको छ भने स्थानीय सञ्चारमाध्यमका अनुसार विशपको नाम मार मारी इमानुएल रहेको बुझिएको छ।

चर्चमा संचालित प्रवचन लाइभ स्ट्रिम गरिएको भिडियोमा, गाढा रंगको लुगा लगाएको एक व्यक्तिले विशपलाई चक्कु प्रहार गर्न खोजेको देख्न सकिन्छ।

भिडियोमा धेरै अन्य व्यक्तिहरूले रोक्न खोजेको र आतंकित हुँदै चिच्याएको प्रष्ट देख्न सकिन्छ।
घाइते हुनेहरू २० देखि ७० वर्ष उमेर समूहका पुरुषहरू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु