Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

बाइडेनले भने- अरब देशहरू इजरायललाई मान्यता दिन तयार छन्

Zenith Migration Education

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन सहमत भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिका अनुसार साउदी अरब, इजिप्ट, जोर्डन, कतारलगायत सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन तयार भएका हुन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बाइडेनले गाजामा युद्धपछिको अवस्था र दुई राज्य समाधानको उल्लेख गरेका छन् । यहाँ दुई राज्यको समाधान भनेको इजरायल र प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनु हो ।

सीएनएनको रिपोर्टका अनुसार बाइडेनको टिप्पणीले इजरायलले प्यालेस्टिनी नागरिकलाई गाजामा सुरक्षित राख्न चाहन्छ भन्ने देखाउँछ।

बाइडेनले भने, “म अहिले नै विवरण दिने छैन। तर हेर्नुहोस्, म साउदी, इजिप्ट, जोर्डन र कतारलगायत अन्य अरब देशहरूसँग काम गरिरहेको छु। तिनीहरू पहिलो पटक इजरायललाई पूर्ण रूपमा मान्यता दिन तयार छन्। तर यसका लागि त्यहाँ गाजा सम्बन्धि योजना हुनुपर्दछ। दुई राज्य समाधान हुनुपर्छ। यो आज नै होस् भन्ने जरुरी छैन, तर यसमा केही प्रगति हुनुपर्छ। मलाई लाग्छ कि हामी यो गर्न सक्छौं।”

अरब देशहरूले २००२ मा इजरायललाई मान्यता दिने प्रस्ताव गरेका थिए । इजरायलको कब्जामा रहेको वेस्ट बैंक र गाजालाई प्यालेस्टाइन राज्य मान्नु पर्ने र पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी बनाउनुपर्ने शर्त राखिएको थियो । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको थियो।

साउदी अरेबिया लगायत धेरै अरब देशहरूले अहिलेसम्म इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएका छैनन्। त्यसैले इजरायलको यी देशहरूसँग कूटनीतिक सम्बन्ध छैन। साउदीले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन सक्ने बताएको छ तर यसका लागि सन् २००२ को अरब शान्ति प्रस्तावका शर्तहरू स्वीकार गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery