Zenith Migration Education
Sunday, May 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

Zenith Migration Education

काठमाडौँ: नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery