Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

राजश्व अनुसन्धान विभागले एकैसाथ पाँच ठुला अनुसन्धान सुरु गर्दै

Zenith Migration Education

काठमाडौँ । राजस्व अनुसन्धान विभागले एकैपल्ट पांच ओटा ठूला अनुसन्धान सुरु गर्ने भएको छ।

गत शुक्रबार मात्रै राजश्व अनुसन्धान विभागले करिब ३० अर्ब राजश्व हिनामिना भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, आयटा, अध्यागमन विभाग र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई आफ्नो विवरण पठाउन पत्र पठायो । एनक्यु ट्याक्स र नो शो भएका टिकटबाट उठाइएका करसमेत भुक्तानी नभएको र ग्राहकले समेत फिर्ता नपाएको भन्दै त्यस्तो विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार एनक्यु ट्याक्स र नो शो भए पनि विभिन्न एयरलाइन्स कम्पनीहरूले उठाएको, ग्राउण्ड ह्याडलिङ चार्ज र एयरपोर्ट चार्जको सबै रकम राजश्व खातामा जम्मा नगरी केही रकम मात्रै जम्मा गरिएको सूचना आएको छ ।

विदेशी पर्यटकहरूका लागि मात्रै लागू हुने एनक्यु अर्थात् पर्यटन सेवा शुल्क नेपालीबाट समेत उठाइएको तर उक्त आम्दानीको कर राजश्वमा नबुझाई एयरलाइन्स कम्पनीहरूले नै लैजाने गरेको प्रारम्भिक रिपोर्टमा पाइएको छ । सोही रिपोर्टका आधारमा राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु