Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’

Zenith Migration Education

जानकी (बाँके: फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे जानकारी दिनुभएको थियो । एन्फाले पाँच वर्षअघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासका निम्ति नगरपालिका सकारात्मक रहेको बताउँदै यो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वकप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणका क्रममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि नियमित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयोभने सङ्घका उपाध्यक्ष निर्मल चन्दले विविध चुनौतीका बीच सङ्घले फुटबलको विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु