Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

ब्राजिलमा विश्वकै सबैभन्दा वृद्ध महिला भेटिइन्, गिनिज बुकमा दर्ता गर्न बाँकी

Zenith Migration Education

काठमाडौं । ब्राजिलकी देओलेरा ग्लिसेरिया पेड्रो डा सिल्भाको जन्म १० मार्च १९०५ मा भएको थियो। यस हिसाबले उनको उमेर ११९ वर्ष हो । उनीसँग सरकारले ब्राजिलियन भाषामा जारी गरेको परिचयपत्र पनि छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार हाल विश्वकै सबैभन्दा वृद्ध महिलाको कीर्तिमान ११७ वर्षकी मारिया ब्रायन मोरेराको नाममा छ । उनी अमेरिकामा जन्मेकी थिइन्, तर हाल स्पेनमा बस्छिन् र लामो समयदेखि नर्सिङ होममा भर्ना छिन् ।

देओलेरालाई ब्राजिलका मिडियाले मायापूर्वक ‘गोल्डेन ओल्डी’ भनेर चिन्छन्। ११९ वर्षकी देओलेराको परिवारले उनी अझै १० वर्ष बाँच्न सक्ने बताउँछन् । हाल उनी सम्पूर्ण परिवारसँग इटापेरुनामा बस्छिन्। यो रियोको उपनगरीय क्षेत्र हो।

देओलेराले दुवै विश्वयुद्ध देखेकी छन् । यति मात्र होइन, उनी सबैभन्दा जेठी महिलाको रेकर्ड होल्डर मारिया ब्रायनभन्दा दुई वर्ष जेठी छिन्। यस परिप्रेक्ष्यमा देओलेरा विश्वकै सबैभन्दा वृद्ध महिला हुन्।

बेलायती अखबार ‘द सन’का अनुसार देओलेराको जन्ममितिमा कुनै शंका गर्न सकिँदैन किनभने यो उनको राष्ट्रिय परिचयपत्रमा रेकर्ड गरिएको छ ।

देओलेरा यस पृथ्वीमा जीवित सबैभन्दा वृद्ध व्यक्ति भएको मानिएको छ । अहिले युनिभर्सिटी अफ साओ पाउलोको सेन्टर फर ह्युमन जिनोम एण्ड स्टेम सेल डिपार्टमेन्टको टिमले देओलेराको दीर्घायुको विषयमा अनुसन्धान गरिरहेको छ ।

देओलेराकी पनातिनी डोरोथिया फरेरा डे सिल्भा भन्छिन्– ११९ वर्षकी भए पनि उहाँ निकै सक्रिय हुनुहुन्छ । मलाई लाग्छ उहाँ कम्तिमा १३० वर्ष बाँच्नुहुनेछ। उहाँ आज पनि घरमा निकै सक्रिय हुनुहुन्छ । उहाँको यो कीर्तिमान कसैले तोड्न सक्छ भन्ने मलाई लाग्दैन ।

डोरोथिया भन्छिन्– उहाँ अझै सुँगुर र कुखुराको हेरचाह गर्नुहुन्छ । स्याउ बाहेक सबै खानुहुन्छ । उहाँलाई यो फलबाट एलर्जी छ ।

ब्राजिलियन डाक्टर जुआर डे परेरा भन्छिन्– उहाँ धेरै कुरा गर्नुहुन्छ र सबैभन्दा ठूलो कुरा यो हो कि देओलेराको परिवार धेरै एकजुट छ र उहाँनको हेरचाह गर्छ। उहाँका दिदीबहिनी र दाजुभाइहरू मध्ये कोही पनि अहिले जीवित छैनन्।

देओलेराका आफ्नै चार सन्तानको मृत्यु भएको छ । उहाँले आफ्नो परिवारमा १०४ जनालाई देख्नुभएको छ उहाँका सात सन्तान थिए । २० जना नातिनातिना छन् । ४० जना पनाति पनातिनाहरू छन्। पनाती पनातिनीहरूका ३७ बच्चाहरू छन्।

६३ वर्षीया नातिनी लिडा भन्छिन्– केही वर्षअघि लडेर खुट्टाको हड्डी भाँचिएको थियो । जोडिन सकेन। अहिले उहाँ ह्वीलचेयरमा बस्नुहुन्छ तर सबै कुराको हेरचाह गर्नुहुन्छ । अहिले कम सुन्नुहुन्छ ।

अब डा. जुएरा र देओलेराको परिवारले गिनिज बुक अफ वर्ल्ड रेकर्डको व्यवस्थापनलाई सम्पर्क गर्दैछ ताकि देओलेरालाई विश्वकै जेठी महिलाको उपाधि दिन सकियोस्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic