Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

ट्राभल कम्पनीले अन्तरिक्षमा खाना खुवाउने, १ जनाको लागि साढे ६ करोडको टिकट

Zenith Migration Education

काठमाडौं । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस भीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मंकलाई काममा लिएको छ। यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथि लगेर डिनर दिइनेछ।

यसका लागि टिकटको मूल्य करिब साढे ६ करोड रुपैयाँ हुनेछ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ। यस यात्राका लागि स्पेस भीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ। यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ।

ब्लुमबर्गको रिपोर्टका अनुसार स्पेस बेलुन समुद्र सतहबाट १ लाख फिट उचाइमा पुगेपछि स्पेस बेलुनमा उपस्थित यात्रुले वाइफाइको सुविधा पाउनेछन् । यस मार्फत उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गर्न सक्नेछन्। यस बाहेक उनीहरू आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्नेछन्। यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउनेछन्।

यसबाहेक स्पेस बेलुनमा यात्रुहरूलाई विशेष डिनर पनि दिइनेछ। शेफ रासमुस मंक यसको लागि एक विशेष मेनु तयार गर्दै छन्। यो स्पेसको थिममा आधारित हुनेछ। तर, मेनु भने टुंगो लागेको छैन । शेफ रासमुस कोपेनहेगनको रेस्टुरेन्ट अल्केमिस्टमा काम गर्छन्। यसले उत्कृष्ट खाना र सुविधाको लागि पछिल्लो ४ वर्षमा दुई पटक मिशेलिन स्टार प्राप्त गरेका छन् ।

यसका अलावा यो रेस्टुरेन्ट विश्वका उत्कृष्ट ५० रेस्टुरेन्टको सूचीमा ५ नम्बरमा परेको छ । टिकट महँगो भए पनि घोषणा भएको २४ घण्टाभित्रै यात्राका लागि दर्ता गराउन सर्वसाधारणले चासो देखाइरहेका छन् । यात्राको लागि परीक्षण ड्राइभ अप्रिल २०२४ मा सुरु हुनेछ।

सञ्चारमाध्यमका अनुसार यात्राका लागि प्रयोग भइरहेको नेप्च्युन स्पेसशिप रकेट होइन । यसलाई कुनै प्रशिक्षण वा विशेष गियर आवश्यक छैन। यसमा स्पेस बेलुनको सहायताले प्रेसराइज्ड क्याप्सुललाई माथि उठाइन्छ। नासाले यो प्रविधि विकास गरेको हो ।

स्पेस भीआईपी अन्तरिक्षमा भोजनको अवसर प्रदान गर्ने पहिलो कम्पनी होइन। गत वर्ष, फ्रान्सेली कम्पनी गेफाल्टोले २०२५ बाट मानिसहरूलाई लगभग १ लाख २० हजार युरोमा स्ट्र्याटोस्फियरमा बेलुनमा खाना खाने मौका दिने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery