काठमाडौं-मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ।
आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका आफन्त तीर्थ दनुवारले जानकारी दिए।
उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।



