Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

सरकार सोसल मिडिया नियमनका लागि नयाँ विधेयक ल्याउन तयारीमा : सञ्चारमन्त्री गुरुङ

Zenith Migration Education

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा फैलिरहेको अराजकतालाई नियन्त्रण गर्न सरकारले सोसल मिडिया प्रयोग र नियमन गर्ने विधेयक ल्याउन लागेको जानकारी दिएका छन्।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औं साधारण सभामा बोल्दै उनले भने, “प्रिन्ट मिडिया र ब्रॉडकास्टिङ मिडियाले राज्यलाई आलोचना गर्न, सूचना दिन र जनताको अधिकारको सुनिश्चितता गर्न महत्वपूर्ण भूमिका निभाइरहेका छन्, तर अनलाइन मिडियाहरू भने अराजकता मच्चाउँदै समाजमा गडबडीको कारण बनेका छन्।”उनले अनलाइन मिडिया संस्कृति र समाजमा हिंसा भड्काउने काममा संलग्न रहेको उल्लेख गर्दै, त्यसको नियमन अहिले सबैभन्दा जरूरी रहेको बताएका छन्। उनले थपे, “अनलाइन मिडियाको अराजकता राष्ट्रिय स्वाधीनता र स्वार्थमाथि प्रश्न उठाउन पुगेको छ र यो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउन काम गर्दैछ।”

मन्त्री गुरुङले भने, “हामीलाई प्रिन्ट मिडियाले कुनै समस्यामा पार्दैन, न त ब्रॉडकास्टिङ मिडियाले। राज्यको आलोचना र जनतालाई सूचना पुर्याउने कार्यमा तिनीहरूको भूमिका सकारात्मक छ। तर अनलाइन मिडियामा देखापरेको अराजकता भने अहिलेको सबैभन्दा ठूलो चिन्ता हो।”सोसल मिडिया नियमन गर्नका लागि क्याबिनेटले विधेयक पास गरिसकेको बताउँदै उनले संसद नहुँदा यो प्रक्रिया अलमलमा परेको बताए। “म मेरो प्रधानमन्त्रीसँग बारम्बार भनेको छु कि यो विधेयक अब अध्यादेशबाट ल्याइयोस्,” उनले भने।

उनले साइबर क्राइम नियमन गर्ने ऐनको ड्राफ्ट तयारी अवस्थामा रहेको र त्यसलाई छिटै मन्त्री परिषदबाट पारित गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु