Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध :गृहमन्त्री लेखक

Zenith Migration Education

काठमाडौं-गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्।

“स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो”, उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु