Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

काठमाडौं महानगरले आज ३०औँ महानगर दिवस मनाउँदै

Zenith Migration Education

काठमाडौं – काठमाडौं महानगरपालिका आज ३०औं महानगर दिवस मनाउँदैछ। यस अवसरमा महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेको छ, जसमा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ।

यस दिनको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सव आयोजना गरिएको छ, साथै ‘एक वडा : एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादन भएका वस्तुहरूको प्रदर्शनी पनि गरिएको छ।यस्तै, आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममा चर्चित कलाकारहरूलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं नगरलाई २०५२ सालको मंसिर २९ गते महानगरको रूपमा घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु