Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

पुष्पा २ प्रिमियरमा भयानक हंगामा: अल्लु अर्जुन पक्राउ

Zenith Migration Education

काठमाडौं – तेलुगु फिल्म सुपरस्टार र पुष्पा का अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले नियन्त्रणमा लिएका छन्। उनलाई र केही अन्य व्यक्तिहरुलाई गत ४ डिसेम्बरमा पुष्पा को प्रिमियर समारोहमा भागदौडको कारण आरोपित गरिएको छ।

प्रिमियरका दौरान भएको भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको र उनका छोराको अवस्था गम्भीर रहेको जनाइएको छ।प्रहरीले उक्त घटनासम्बन्धी सन्ध्या थिएटरको व्यवस्थापन, अभिनेता अर्जुन र उनका सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको छ। शुक्रबार चिक्कडपल्ली प्रहरी थानाको टोलीले अर्जुनलाई हिरासतमा लिएको हो। उनलाई त्यही थानामा मुद्दा दर्ता गरिएको छ, र उनलाई मजिस्ट्रेटको सामु प्रस्तुत गरिने छ।

हैदराबाद पुलिस कमिश्नरको टास्क फोर्स र चिक्कडपल्ली पुलिसका अधिकारीहरूले शुक्रबार अर्जुनको निवासमा पुगेर उनलाई हिरासतमा लिएका थिए। अभिनेता अर्जुनले एफआईआरबाट आफ्नो नाम हटाउन तेलंगाना उच्च अदालतमा निवेदन दिएका छन्, तर अहिलेसम्म सुनुवाइको मिति तय गरिएको छैन।

यसअघि, सन्ध्या थिएटरका सञ्चालक र दुई कर्मचारीलाई पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु